― Advertisement ―

लोकप्रिय नि: शुल्क VPN, स्ट्रिमिङ एपहरूले ‘सामान्य उपभोक्ता आवाजमा मिसाउन’ अपराधीहरूले प्रयोग गरेको ‘लान्डर गरिएको’ ट्राफिकको साथ व्यापार नेटवर्कहरू बमबारी गर्छन् – यहाँ कसरी...

Infoblox + %D5 NS ग्राहकको Infoblox खोज्नुहोस्। 2026 मा आवासीय-प्रोक्सी डोमेनहरूका प्रश्नहरूआवासीय प्रोक्सीहरूले कानुनी जोखिम वा प्रतिष्ठामा क्षति पुर्‍याउन सक्छ यदि धम्की अभिनेताहरूले उनीहरूलाई...
HomeLatest newsआफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न प्रसाईंको माग

आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न प्रसाईंको माग


राष्ट्रिय

समाचार.

  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग राखेका छन्।
  • प्रसाईंले १५ चैत र २४ भदौका घटनामा चलाइएका मुद्दा फिर्ता गर्न र कसैलाई कालोसूचीमा नराख्न माग गरेका छन्।
  • प्रधानमन्त्रीसहितको वार्तामा प्रसाईंले जेनजीका मुद्दा पनि छलफलमा ल्याएको स्रोतले बताएको छ।

१७ पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीसहितको उपस्थितीमा भएको वार्तामा प्रसाईंले १५ चैतको घटनाका बारेमा आफूलाई चलाइएका मुद्दा र अन्य मुद्दाहरू समेत फिर्ता गर्न माग राखेको स्रोतले बतायो । ‘उहाँले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न माग राख्नु भएको छ । यो सँगै जेनजीका मुद्दाहरुका विषयमा पनि कुरा उठाउनु भएको छ’ स्रोतले भन्यो ।

आफ्ना मुद्दा फिर्ता गर्न माग राखेका प्रसाईंले २४ भदौको घटनामा जेनजीहरुलाई पक्राउ गर्दै मुद्दा चलाइएका त्यो पनि फिर्ता गर्नुपर्ने माग वार्तामा राखेका छन् ।

त्यसैगरी कसैलाई पनि कालोसूचीमा नराख्न प्रसाईंले माग गरेका छन् । ‘अब यो सरकारसँग धेरै माग त के राख्नु, जोगीसँग हात्ति मागेजस्तो हुन्छ । मुद्दा फिर्ता लिनुस्, कसैलाई पनि कालोसूचीमा नराख्नुस्’ प्रसाईंले वार्तामा राखेको मागबारे स्रोतले जानकारी गरायो ।





Read More