― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsआज पश्चिम नेपालमा वर्षा र हिमपात हुने, स्वास्थ्यको ख्याल गर्न सुझाव

आज पश्चिम नेपालमा वर्षा र हिमपात हुने, स्वास्थ्यको ख्याल गर्न सुझाव


आज माघ ९ गते शुक्रबार रातिसम्मको सम्भावित मौसमी अवस्था । फोटो : जल तथा मौसम विज्ञान विभाग



९ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने उनले जानकारी दिए ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको ढकालले बताए ।

शुक्रबार राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ ।

शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार हुनेछ । तर बदलीको असर देशभर देखिने र चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविदले सुझाव दिएका छन् ।

साथै वर्षा र हिमपातले जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सुझाव दिएका छन् ।

यो यस वर्षको हिउँदयामको पहिलो माघे झरी हो । लामो खडेरीपछिको वर्षा र हिमपातले बालीनालीलाई फाइदा हुने कृषिविज्ञहरु बताउँछन् ।





Read More