― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsआज जानकीको टकोर, भोलि विवाह – KhabarHost

आज जानकीको टकोर, भोलि विवाह – KhabarHost



८ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ ।

आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ । सो अवसरमा सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत गाउँदै वातावरण भक्तिमय बन्ने गर्दछ ।

मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् ।

पाँचौँ दिन आज मटकोर र भोलि विवाहको मुख्य कार्यक्रम रहेको छ । जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गरी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।





Read More