― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsएजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता

एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता


राष्ट्रिय

समाचार.

  • एबेरेची एजेले ह्‍याट्रिक गरेपछि आर्सनलले घरेलु मैदानमा टोटनहाममाथि ४-१ गोलअन्तरले जित हासिल गरेको छ।
  • आर्सनलका लागि ट्रोसार्डले एक गोल गरे भने टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरेका थिए।
  • जितपछि आर्सनलले १२ खेलमा २९ अंकसहित शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

८ मंसिर, काठमाडौं । एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो ।

एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे ।

खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४६औं मिनेटमा एजेले व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा फेरि गोल गर्दै ह्‍याट्रिक पूरा गरे । त्यसअघि रिचार्लिसनले ५५औं मिनेटमा गोल फर्काएका थिए ।

जितपछि आर्सनलले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । आर्सनलको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको चेल्सीको समान खेलमा २३ अंक छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More