― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
Home७० वर्ष माथिका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने

७० वर्ष माथिका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने सहमति गरेका छन्।
  • ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत छुट दिइने प्राधिकरणले जनाएको छ।
  • छुट सबै सेक्टरका लागि लागू हुनेछ र न्यूनतम ५० प्रतिशत छुट सबै उमेर समूहका फरक क्षमता भएका यात्रुलाई पनि दिइने प्राधिकरणले बताएको छ।

२ कात्तिक, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो ।

प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, छुट पाउने ५० प्रतिशत भनेको सरकारले तोकेको अधिकतम भाडा दरमा हो ।

त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ ।

छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलार्य निर्देशन दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More