― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest news२ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण – KhabarHost

२ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण – KhabarHost



९ माघ, काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् ।

झडपपछि १६२ जनालाई स्थानान्तरण गरी सुधार गृह खाली गराइएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । झडपको क्रममा आगजनी समेत भएको थियो ।

मध्यराति झडप भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोजे पनि सुधार गृहमा रहेकाहरुले ढुंगामुढा गरेपछि प्रहरी रोकिएको थियो ।

‘घाइते भएको मान्छे उद्दार गरेर लैजान प्रहरी छिर्न खोज्दा उल्टै हामीमाथि आक्रमण भयो । अनि बाल सुधार गृहमा नै आगो लगाए’ परिसरका एक अधिकृतले भने ।

उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए । आगजनी लगाएर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको डीएसपी जगेबुले बताए ।





Read More