― Advertisement ―

HomeLatest news१५४ रनको लक्ष्य १० ओभरमै पूरा गर्दै भारतले दुई खेलअगावै जित्यो शृंखला

१५४ रनको लक्ष्य १० ओभरमै पूरा गर्दै भारतले दुई खेलअगावै जित्यो शृंखला


राष्ट्रिय

समाचार.

  • भारतले न्युजिल्यान्डसँगको पाँच खेलको टी-२० शृंखला दुई खेलअगावै ३-० ले आफ्नो पक्षमा पारेको छ।
  • तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै १५४ रनको लक्ष्य १० ओभरमै पूरा गर्‍यो।
  • अभिषेक शर्माले २० बलमा ६८ र सूर्यकुमार यादवले २६ बलमा ५७ रन बनाएर भारतलाई जित दिलाएका थिए।

११ माघ, काठमाडौं । भारतले न्युजिल्यान्डसँगको टी-२०आई शृंखला दुई खेलअगावै आफ्नो नाममा गरेको छ ।

आइतबार भएको तेस्रो टी-२०आई शृंखलामा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले ५ खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको हो ।

न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभरमै पूरा गर्‍यो । भारतका लागि अभिषेक शर्माले २० बलमा ७ चौका र ५ छक्कासहित अविजित ६८ तथा सूर्यकुमार यादवले २६ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाए ।

भारतले पहिलो बलमै विकेट गुमाएको थियो । सन्जु सामसन म्याट हेनरीको पहिलो बलमै बोल्ड भएका थिए । न्युजिल्यान्डका लागि म्याट हेनरी र इश सोधीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाएका थिए । मार्क चापमानले ३२ तथा कप्तान मिचेल सान्टनरले २७ रन बनाएका थिए ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्या र रवि बिश्‍नोइले २-२ तथा हर्षित रानाले १ विकेट लिए ।

यसअघि पहिलो खेलमा भारत ४८ रनले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More