― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeजीवनशैली/स्वास्थ्यहिरो बन्ने सपना बोकेर काठमाडौं छिरेका सुरेश जब गाउँ फर्के…

हिरो बन्ने सपना बोकेर काठमाडौं छिरेका सुरेश जब गाउँ फर्के…


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सुरेश थारूले सन् २०१५ मा काठमाडौं छोडेर उदयपुरको चौदन्डीगढी नगरपालिका-५, बेलहामा फर्किएर कलाकर्म गरिरहेका छन्।
  • उनी बेल्टारमा श्रीपञ्चमी आर्ट एन्ड ग्लो नामक सानो पसल सञ्चालन गर्दै चित्रकला, भित्ते लेखन, संगीत र म्युजिक भिडियो निर्माणको सेवा दिइरहेका छन्।

आजभन्दा १० वर्षअघि सन् २०१५ मा सुरेश थारूले फरक निर्णय लिए– गाउँ फर्कने । त्यसअघि उनी काठमाडौं सिनामंगलमा कलासम्बन्धी पसल चलाइरहेका थिए । कमाइ ठिकठाक थियो ।

तुलनात्मक रूपमा राम्रै भविष्य थियो । अवसरहरू धेरै थिए । उनी ती सबैलाई थाती राखेर उदयपुरको चौदन्डीगढी नगरपालिका-५, बेलहामा रहेको आफ्नो घर फर्किए ।
अहिले उनी मोफसलमा बसेर कलाकर्म गरिरहेका छन् ।

बेल्टार बसपार्कनजिकै उनको सानो पसल छ– श्रीपञ्चमी आर्ट एन्ड ग्लो । त्यहाँबाट नगरभित्र र नगरबाहिरका क्षेत्रहरूमा उनले चित्रकला, भित्ते लेखन, शिला लेखन, संगीत, म्युजिक भिडियो निर्माण, मूर्तिकला जस्ता सम्पूर्ण कामको सेवा दिइरहेका छन् ।

थारू समुदायमा गायकको रूपमा पनि उनले परिचय बनाएका छन् । आफ्नै स्वर, निर्देशन र अभिनयमा अहिलेसम्म १०० जति थारू गीत निकालेको उनी सुनाउँछन् । विभिन्न ठाउँमा लाग्ने मेलाहरूमा गाउन पनि निम्ता आउने गर्छ सुरेशलाई। गीत गाउन बेल्टारबाट सिरहा, सप्तरी, सुनसरी लगायतका ठाउँमा जाने गरेको छन् ।

उनी आफ्नै जन्मथलोमा राम्रैसँग रमाइरहेका छन् ।

स्थानीय बजारमा कला सामग्री नपाइँदा र स्थानीयहरूबीच कला चेतना अत्यन्त कम हुँदा केही समस्या हुने गरेको उनको दुखेसो छ ।

काठमाडौं सपना

सुरेशको कला यात्रा स्कुले जीवनबाटै सुरु भएको थियो । बेल्टार बजारमा अवस्थित ज्योति मा.वि. मा पढ्दा ताका उनी साथीहरूको पोर्ट्रेट बनाउने गर्थे । लेखन कार्य (भित्ते लेखन, बोर्ड लेखन) पनि उनले त्यहीँबाट सुरु गरेका थिए ।

२०५० को दशकको सुरुतिर उनलाई उत्पातै ‘हिरो’ बन्ने रहर जाग्यो । त्यसका लागि उनले ज्यान पनि बनाए । मार्सल आर्ट र डान्स पनि सिके । अनि २०५४ सालतिर काठकाडौं छिरे । जतिबेला उनी १६ वर्षका थिए ।

तर उनले सोचेजस्तो केही भएन । खानै पर्थ्यो, उनले सिनामंगलमा कला पसल खोले । त्यहाँबाट उनी ब्यानर र बोर्डहरू लेख्ने काम गर्थे । पसल ठिकठाक चल्न थालेपछि उनले बारहरूतिर नाच्न पनि थाले । त्यहाँ बेलाबेला गाउने पनि गर्थे । यो समयसम्म उनले हिरो बन्ने सपना त्यागिसकेका थिए ।

ठूलो पर्दामा नदेखिए पनि नाँच्ने गाउने काम उनले गरिरहेकै थिए । आज फर्केर हेर्दा हिरो बन्ने आफ्नो सपना पूरा भएको उनी सुनाउँछन् ।

काठमाडौं जिन्दगी कमाइ ठिकै भए पनि बचत शून्य बराबर थियो । खर्च अत्यधिक भइरहेको थियो।

पसलको र आफू बस्ने कोठा भाडामै कमाइको धेरै रकम खर्च हुन थालेपछि उनले फरक निर्णय लिए– गाउँ फर्कने । गाउँमा फर्केर काम गर्न थालेको १० वर्ष भइसकेको छ।उनी बेलाबेला काठमाडौं आउजाउ गरिरहन्छन् ।

बेल्टारमा कला जीवन

बेल्टार फर्केपछि उनले कलासम्बन्धी कामलाई निरन्तरता दिए । तर मोफसलको कला क्षेत्र काठमाडौंको तुलनामा कमजोर रहेको पाए । काठमाडौंमा उनलाई कामको कमी हुँदैनथ्यो । दैनिक केही हजार कमाइ हुन्थ्यो । तर यता भने त्यो नरहेको उनी सुनाउँछन् ।

‘यहाँ प्रायः होडिङ, बोर्ड लेखनको काम मात्र चल्छ । पोर्ट्रेट वा ल्यान्डस्केप आर्टको बजार छैन’ सुरेश सुनाउँछन्, ‘स्केचहरूको अर्डर भने कहिलेकाहीँ आउँछन् । आकार हेरेर ५०० देखि १५०० रुपैयाँसम्म लिन्छु,’

त्यसबाकेक उनलाई दशैं, तिहार, कृष्ण जन्माष्टमी, छठ जस्ता चाडपर्वमा विभिन्न देवीदेवताको मूर्ति बनाउने काम आउँछ । यो काम भने सिजनअनुसार हुने उनले बताए । उनी यी कलामा मात्र सीमित छैनन् ।आफ्नै सुरेश थारु नामक युट्युब च्यानल खोलेका छन् । जसमा उनले थारु गीतहरू र सर्ट मुभीहरू राखेका छन्।

‘थारु बिग्रल दारुमा’ नामक सर्ट मुभी त्यसको उदाहरणमा हो । यसमा थारु समुदाय कसरी रक्सीका कारण बिग्रिरहेका छन् भनेर देखाइएको सुरेशले सुनाए । यसरी धेरैले भविष्य बनाउन जाने ठाउँबाट गाउँ फर्केका सुरेश मोफसलमा बहुप्रतिभाली बन्न कोसिस गरिरहेका छन् । अनि उनलाई गाउँ नै फर्केकोमा कुनै पश्चताप पनि छैन ।

भाग्यवश उनी अहिले आफ्नो ठाउँको जनप्रतिनिधि पनि बनेका छन् । उनी वडा नं. ५ का वडा सदस्य समेत हुन् । तर सक्रिय राजनीतिमा नआउने उनले जनाए । बरु त्यसको सट्टा आफ्नै गाउँमा ठूलो रिसोर्ट सञ्चालन गर्ने उनले बताए ।

असलमा स्वदेशमै अझ गाउँमै काम गरेर राम्रो जीवनशैली अपनाउन सकिन्छ अनि सफल हुन सकिन्छ भन्ने कुराको आफू उदाहरण बन्न खोजिरहेको उनको भनाइ छ ।





Read More