― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest newsहिमालयन एभरेस्ट इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित, वित्तीय विवरण स्वीकृत

हिमालयन एभरेस्ट इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित, वित्तीय विवरण स्वीकृत


राष्ट्रिय

समाचार.

  • हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
  • गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय पारित भएको छ।
  • आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक साधारणसभाबाट पारित भएको छ।

७ माघ, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाबाट गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित भएको छ ।

साथै सोही आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश समेत पारित भएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत साधारणसभाबाट पारित भएको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More