― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest news‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङलाई – KhabarHost

‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङलाई – KhabarHost


विजेता अनिश तामाङ शीर्ष पुरस्कार ग्रहण गर्दै ।


राष्ट्रिय

समाचार.

  • अनिश तामाङले हिमालय रोडिज सिजन ७ को उपाधि जितेका छन्।
  • उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे।
  • रोजिता लामा उपविजेता घोषित भइन् र ६ लाख बराबरको शैक्षिक छात्रवृत्ति पाइन।

काठमाडौं । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् । सोमबार राती प्रसारित ग्रान्ड फिनालेको एपिसोडमा नेपाली सेनामा आबद्ध उनी विजेता घोषित भए ।

उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे ।

रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले ब्यायाम प्रशिक्षक हुन् ।

उपविजेता रोजिता लामा पुरस्कार ग्रहण गर्दै ।

हिमालय रोडिजको इतिहासमा पहिलोपटक महिला प्रतियोगी फिनालेसम्म पुगेकी हुन् । यस संस्करणका कतिपय टास्क महिलामैत्री बनाइएको निर्देशक सिमोस सुनुवारले बताए ।

रोचक के छ भने, दुबैजना फाइनलिस्ट ग्याङ लिडर अनुपविक्रम शाहीको समूहका हुन् । ग्याङ लिडरको रुपमा अनुपको यो ह्याट्रिक हो । गतवर्ष पनि अनुपकै समूहका जोसेफ शर्माले उपाधि जितेका थिए ।

कार्यक्रमको शीर्ष प्रायोजकको रुपमा यामहा नेपाल रहेको छ ।

सो अवसरमा रोडिजको आठौं सिजनको अडिसन खुला भएको जानकारी दिइयो । विजेतालाई मंगलबार आयोजना गरिएको समारोहमा औपचारिकरुपमा पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।





Read More