फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.
- मुस्ताङ प्रशासनले बुधबारसम्म मौसम प्रतिकूल हुने भएकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
- जल तथा मौसम विभागले मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने प्रक्षेपण गरेको छ।
- पर्यटक र तीर्थयात्रीलाई मौसम पूर्वानुमान लिएर उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध गरिएको छ।
१० कात्तिक, मुस्ताङ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ-डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ-मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ ।
त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए ।
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

