― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsहलमा लागे सुरक्षा पन्त स्टारर ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’

हलमा लागे सुरक्षा पन्त स्टारर ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’


राष्ट्रिय

समाचार.

  • नेपाल र भारतबाट एकसाथ रिलिज भएको नेपाली फिल्म ‘धागो’ले सीमावर्ती नेपाली परिवारको भावनात्मक जीवन र सामाजिक यथार्थ देखाएको छ।
  • हलिउड फिल्म ‘द रनिङ म्यान’ सन् १९८७ को फिल्मको दोस्रो रूपान्तरण हो र आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ।
  • ‘धागो’ फिल्ममा सुरक्षा पन्तले प्रमुख भूमिका निभाएकी छन् भने ‘द रनिङ म्यान’ मा ग्लेन पावेल शीर्ष भूमिकामा छन्।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई फिल्म रिलिज भएका छन् । नेपाली भाषाको ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’ रिलिज भएका छन् ।

भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको ‘धागो’ नेपाल र भारतबाट एकसाथ प्रदर्शनमा आएको हो ।

उदिप राणा थापाको निर्देशनमा बनेको फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथा पेश गर्छ ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुढी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रमा रिलिज भएको छ ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथमा प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतको अभिनय छ । यो फिल्मको रनटाइम १४६ मिनेट छ ।

हलिउडको ‘द रनिङ म्यान’ पनि आजदेखि

डिस्टोपियन, एक्सन, थ्रीलर फिल्म ‘द रनिङ म्यान’ पनि आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो सन् १९८७ को फिल्म पछि, स्टीफन किङको १९८२ को उपन्यासको दोस्रो रूपान्तरण हो ।

कलाकारमा ग्लेन पावेल शीर्ष भूमिकामा छन् । अभिनय कलाकारमा वलियम एच मेसी, ली पेस, माइकल सेरा, एमिलिया जोन्स, डेनियल एज्रा, जेमे लसन, केटी ओ’ब्रायन, शन हेस, कोलम्यान डोमिंगो र जोश ब्रोलिन समावेश छन् ।

फिल्मको सारांश छ- ‘एकजना मानिस एउटा गेम शोमा सामेल हुन्छ जहाँ प्रतियोगीलाई संसारको जुनसुकै ठाउँमा जान अनुमति दिइन्छ, तर तिनीहरूलाई मार्न भाडामा लिइएका ‘शिकारीहरू’ ले पछ्याउँछन् ।’

यो फिल्मको रनटाइम १३३ मिनेट छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More