― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsहमासको स्वास्थ्य मन्त्रालयले भन्यो– गाजामा इजरायली आक्रमणबाट २५ प्यालेस्टाइनीको मृत्यु

हमासको स्वास्थ्य मन्त्रालयले भन्यो– गाजामा इजरायली आक्रमणबाट २५ प्यालेस्टाइनीको मृत्यु


फाइल फोटो



४ मंसिर, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट कम्तिमा पनि २५ प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उद्धारकर्मीहरूका अनुसार गाजा शहरको के–जेतुन क्षेत्रमा अवस्थित एक भवनमा मात्रै एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले पनि ‘हमासको आतंकवादी ठेगाना’ मा आक्रमण गरिएको बताएको छ ।

केही बन्दुकधारी समूहले दक्षिणी शहर खान युनिसमा तैनाथ सेनामाथि पाँच साता पुरानो युद्धविरामको उल्लंघन गर्दै गोली प्रहार गरेको इजरायली सेनाको भनाइ छ ।

हमासका तर्फबाट इजरायली सेनाको दाबीमाथि कुनै प्रतिक्रिया आएको छैन ।

हमासको सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले बीबीसीसँग बुधवार बेलुकी गाजा शहर र खान युनिसका कयौं स्थानमा इजरायलले आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।

उने कयौं दिनको शान्ति पछि इजरायलले आक्रमणलाई तीव्रता दिएको पनि बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More