― Advertisement ―

‘एआई-नेतृत्वको रक्षा रणनीति जुन मानवद्वारा निरीक्षण गरिन्छ’: गुगलले ‘असीमित स्केल’ मा एआई सुरक्षालाई अनुमति दिन यसको ‘पूर्ण एआई स्ट्याक’ मा थप एजेन्टहरू प्रस्तुत गर्दैछ।

Google ले मानव ‑led AI‑led डिफेन्सको घोषणा गर्‍यो मानव अपरेटरहरू द्वारा निरीक्षण।यसको क्लाउड नेक्स्ट सम्मेलनमा, यसले खतरा शिकार, पत्ता लगाउने इन्जिनियरिङ, र तेस्रो-पक्ष सन्दर्भ...
HomeLatest newsहप्तामा १० घन्टा बढी भिडियो गेम खेल्दा के हुन्छ ? यस्तो छ...

हप्तामा १० घन्टा बढी भिडियो गेम खेल्दा के हुन्छ ? यस्तो छ नयाँ अध्ययनको नतिजा



हप्तामा दश घन्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ ।

अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सहभागीहरूलाई निम्न (०–५ घन्टा प्रति हप्ता) मध्यम (५–१० घन्टा) र उच्च (१० घन्टा भन्दा) बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो ।

शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरूमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घन्टा भन्दा बढी भिडीयो गेम खेल खेल्नेहरूमा आहार, निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् ।

हप्तामा दश घन्टा भन्दा बढी तथा अत्यधिक भिडीयो गेम युवाहरूको लागि आनिकारक भएको कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताएका छन् ।

विद्यार्थीहरूले हप्तामा १० घन्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउँदै सिर्भोले १० घन्टाको सीमाभन्दा बढी खेल्नेहरूमा स्पष्ट भिन्नताहरू देखा परेको बताएका छन् ।

हप्तामा १० घन्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरूमा सामान्य भएको अध्ययनले देखाएको छ ।

सबै अध्ययन समूहहरूले धेरै गेम गेल्नेहरूमा सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घन्टा भन्दा बढी खेल्नेहरूमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् ।

अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिदै राति अबेरसम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ । सिन्ह्वा





Read More