राष्ट्रिय
समाचार.
- कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।
- पोखराका सुमित वर्माले २९ बलमा ५० रन बनाएर टिमलाई बलियो स्कोरमा पुर्याएका छन्।
- जनकपुर बोल्ट्सले १७.८ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको छ र १५ बलमा ५० रन आवश्यक छ।
११ मंसिर, काठमाडौं। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिमसमेत हो । पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।
बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।
अहिले जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म जनकपुर बोल्ट्सले १७.८ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको छ । जनकपुरले जित निकाल्न १५ बलमा ५० रन आवश्यक छ। तर जित निकाल्न कठिन छ ।
दुई/दुई खेल खेलेका यी दुई टोली हालसम्म अंकविहीन छन् । आज एक टोलीले २ अंक जोड्नेछ ।


















