― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsस्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य – KhabarHost

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य – KhabarHost


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।


काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More