― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsसोलु हाइड्रोपावरले पायो आईपीओ अनुमति, २ अर्बको सेयर जारी गर्ने

सोलु हाइड्रोपावरले पायो आईपीओ अनुमति, २ अर्बको सेयर जारी गर्ने


राष्ट्रिय

समाचार.

  • सोलु हाइड्रोपावर कम्पनीले २ करोड कित्ता प्राथमिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
  • संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहने गरी आईपीओ १ सय रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछ।
  • कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ।

२५ कात्तिक, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ । यस कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More