― Advertisement ―

HomeLatest newsसोनम कपूर दोस्रोपटक आमा बन्दै, डायना प्रेरित गुलाबी पहिरनमा देखाइन् ‘बेबी बम्प’

सोनम कपूर दोस्रोपटक आमा बन्दै, डायना प्रेरित गुलाबी पहिरनमा देखाइन् ‘बेबी बम्प’


राष्ट्रिय

समाचार.

  • बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो गर्भावस्थाको पुष्टि गर्दै सन् २०२६ मा दोस्रो सन्तान स्वागत गर्ने बताएकी छिन्।
  • सोनमले गुलाबी सुटसहितको फोटोमा ‘बेबी बम्प’ देखाउँदै र क्याप्सनमा ‘आमा’ लेख्दै खुसीको खबर फ्यानहरूसँग साझा गरेकी छिन्।
  • सोनम र उनका श्रीमान् आनन्द आहुजाले सन् २०२२ मा पहिलो सन्तान छोरा वायुलाई स्वागत गरेका थिए।

मुम्बई । बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो गर्भावस्थाको पुष्टि गरेकी छिन् । राजकुमारी डायनाबाट प्रेरित गुलाबी सुटसहितको आकर्षक फोटोमा उनले ‘बेबी बम्प’ देखाएकी छन् ।

क्याप्सनमा उनले ‘आमा’ भनेर उल्लेख गरेकी छन् । उनले श्रीमान् आनन्द आहुजासँगको संयुक्त पोस्ट सेयर गरेकी छिन्, जुन अनलाइनमा भाइरल भइरहेको छ ।

उनले सन् २०२६ मा दोस्रो सन्तानलाई स्वागत गर्ने बताएकी छन् ।

सोनमको गर्भावस्थाको बारेमा पछिल्ला धेरै दिनदेखि अड्कलबाजी भइरहेको थियो, तर अहिलेसम्म उनको तर्फबाट वा उनको परिवारको तर्फबाट यो खुशीको खबर पुष्टि भएको थिएन ।

सोनम आफैंले आफ्नो ‘बेबी बम्प’ देखाउँदै र फ्यानहरूसँग खुसीको खबर साझा गर्दै यसको पुष्टि गरेकी छिन् ।

सोनम र उनका श्रीमान् आनन्द आहुजाले सन् २०२२ मा आफ्नो पहिलो सन्तान छोरा वायुलाई स्वागत गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More