― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsसेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सैनिकको अदली बदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सैनिकको अदली बदली



११ पुस, काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फर्किएर अहिले नयाँ टोली त्यहाँ गएको हो । युद्धभैरव गण अन्तर्गत तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

गोरखनाथ गणको चौथो डफ्फाका २२५ शान्ति सैनिक १० पुसमा मिसन इलाका प्रस्थान गरेका छन् ।

यो मिसनमा खटिएका युद्धभैरव गणका २२४ नेपाली शान्ति सैनिकहरू पुस १० गते नै स्वदेश फिर्ता भएका छन् । हालसम्म यो मिसनमा नेपाली सेनाका १ हजार १८८ जना शान्ति सैनिक कार्यरत छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More