― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
Homeमनोरन्जन: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost

: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

गुड फ्राइडे सिनेमा

३५ तलामा रहेको एउटा फ्ल्याटमा कयौं दिन र रात एक्लै थुनिएका छन् सौर्य।

खासमा उनी आफ्नी प्रेमिकासँग नयाँ जीवन सुरू गर्ने उत्साहसहित नयाँ फ्ल्याटको खोजीमा त्यो अपार्टमेन्टमा पुगेका हुन्छन्। तर उनको उत्साह सकसमा परिणत हुन्छ। 

निर्देशक विक्रमादित्य मोटवानीले यो फिल्मलाई रोचक ‘सर्भाइभल ड्रामा’ बनाउन कुनै कसर छाडेका छैनन्।

राजकुमार रावको अभिनय रहेको उत्कृष्टमध्येको यो फिल्म हो ‘ट्र्याप्ड’।

यो फिल्ममा उनको चरित्रमा परिस्थिति अनुसारको रूपान्तरण र सोही अनुरूप अभिनय भेटिन्छ।

Laxmi bank
Laxmi bank

जुनसुकै कारणले भए पनि थुनिनु उकुसमुकुस हुनु हो। ‘ट्रयाप्ड’ को कथा, यसका घटनाक्रम र मुख्य पात्रको अभिनयले तपाईंलाई पनि उकुसमुकुस बनाउनेछ। यही नै फिल्मको मुख्य विशेषता हो।

दुर्भाग्यवश ‘ट्रयाप’ मा परेको पात्रले आफूलाई त्यहाँभित्र टिकाइराख्न र त्यहाँबाट बाहिर निस्कन गर्ने संघर्ष निकै रोचक छ। फिल्मभित्र मान्छेबिनाको फ्ल्याटमा मुसासँग संवाद गर्ने दृश्य होस् वा आफ्नै औंला काटेर बाहिरका मान्छेलाई सन्देश लेखी पठाउने प्रयास, मन छुने धेरै कुरा छन्।

फिल्मको साउन्ड डिजाइन र सम्पादनका लागि फिल्म फेयर अवार्ड दिइएको थियो। अचम्मको परिस्थितिसँग जुध्ने पात्रको भूमिकामा गरेको अभिनयका लागि राजकुमार रावले उत्कृष्ट क्रिटिक्स अवार्ड जितेका थिए।

धेरै भाग एक्लो पात्रका गतिविधि समेटिएको यस फिल्ममा नुरी पात्रका रूपमा गीताञ्जली थापाको छोटो तर महत्वपूर्ण भूमिका छ।

हेर्नुहोस् युट्युबमाः

 

 





Read More