― Advertisement ―

‘परिवारमा स्वागत छ’ – Qualcomm भन्छ कि यो खुशी छ कि Nvidia RTX Spark को साथ आर्म रेसमा सामेल भएको छ।

मै Qualcomm सँग Computex 2026, र यदि, म जस्तै, तपाईं कसरी सोचिरहनु भएको थियो कि कम्पनी — जसमा एक पटक <a-id-line=" मा विन्डोज थियो।...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा राम्रो प्रदर्शन जारी राखेको छ। बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको वर्षाका बाबजुद पनि फिल्म हेर्न आउने दर्शकको संख्या उल्लेख्य छ।

बिहानी शोमा अकुपेन्सी कम भए पनि दिउँसो १२ बजेदेखिका शोमा दर्शकको भिड रहेको निर्माता सरोज न्यौपानेले बताए।

बेलुकासम्मका शो हेर्दा बुकिङ पनि राम्रो देखिन्छ। ‘वर्षाका बाबजुद पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। शो पनि पहिलो दिनभन्दा बढी छ,’ न्यौपानेले भने। 

फिल्मले गत शनिबारसम्म बक्स अफिसमा ६ करोड ५१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। आइतबारदेखिको विवरण भने सार्वजनिक छैन। निर्माता न्यौपानेका अनुसार फिल्मले बक्स अफिसमा १० करोड रुपैयाँको आँकडा छोएको छ। यसको अवसरमा निर्माण टिमले शुक्रबार ‘सेलिब्रेसन’ गर्दैछ। शुक्रबार नै अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङसहित निर्माता र निर्देशक सुयोग गुरूङको टिम जापान जाँदैछ।

एड्भेन्चर–लभस्टोरी जनराको फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथा प्रस्तुत गर्छ। फिल्ममा अनमोल, आँचल र जसितासँगै भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको पनि अभिनय छ।

Laxmi bank
Laxmi bank

 





Read More