― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

नेपाली लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ दुई साता रोकिएपछि शुक्रबारदेखि पुनः नियमित प्रसारणमा आउने भएको छ।

कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालले यो शुक्रबारदेखि कार्यक्रम नियमित दर्शकमाझ आउने बताए।

पछिल्ला दुई साता ‘कमेडी दरबार’ को नयाँ भाग प्रसारण भएको थिएन। नयाँ एपिसोडको सट्टा पुराना एपिसोडका रमाइला अंशहरू समेटेर प्रसारण गरिएकाले नयाँ भाग कुरिरहेका दर्शक निराश बनेका थिए। युट्युबमा समेत नयाँ एपिसोडको माग गर्दै दर्शकले प्रतिक्रिया दिएका थिए। 

अब यस शुक्रबारदेखि शो नयाँ एपिसोडका साथ दर्शकमाझ आउन लागेको हो। 

शुक्रबार प्रसारण हुने एपिसोडमा ‘द भ्वाइस अफ नेपाल’ को टोली अतिथि बनेर आउनेछन्। खेम सेञ्चुरी, सुशील नेपाल र लक्ष्मण पौडेलले अतिथि बनेको यो एपिसोडको छायांकन बुधबार गरिएको थियो।

शोमा पछिल्लो समय नदेखिएका पवन खतिवडा (म्याकुरी) लाई समेत दर्शकले शुक्रबारको एपिसोडमा देख्न पाउनेछन्। 

किन रोकिएको थियो ‘कमेडी दरबार’?

Laxmi bank
Laxmi bank

‘कमेडी दरबार’ को टिम यतिबेला फिल्म ‘ककाकिकी’ को निर्माणमा व्यस्त छ। फिल्मको छायांकनमा टिम व्यस्त रहेका कारण ‘कमेडी दरबार’ को प्रसारण रोकिएको थियो। फिल्मको छायांकनमा जानुअघि केही एपिसोड खिचिएका थिए। तर, छायांकनको अवधि लम्बिएपछि र तयार एपिसोड सकिएपछि टिमले दुई सातासम्म नयाँ एपिसोड दिन सकेन। 

फिल्म ‘ककाकिकी’ को पर्वतमा हुने छायांकन तालिका सकिएर टिम काठमाडौं फर्किसकेको छ। काठमाडौंमा पनि केही सातादेखि फिल्मको छायांकन गरिएको छ। अहिले भने शीर्ष कलाकार बेलायत जानुपर्ने भएकाले १० दिनका लागि फिल्मको छायांकन रोकिएको विक्कीले बताए।

उनले भने, ‘अब २५ प्रतिशत छायांकन बाँकी छ। हामीले सोचेअनुसार नै मेहनत गरेर खिचेका छौं।’ 

‘कमेडी दरबार’ का निर्देशक विक्की अग्रवाल र श्रद्धा प्रसाईँले नै फिल्म ‘ककाकिकी’ को निर्देशन गरेका हुन्।





Read More