― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन्। 

घरमा बेहोस भएपछि उनलाई मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्। 

गोविन्दा गएराति करिब १ बजेतिर घरमा बेहोस भएका थिए। उनले एक पारिवारिक साथीलाई बोलाएपछि उनलाई अस्पताल पुर्‍याइएको जनाइएको छ।

गोविन्दाको स्वास्थ्य अवस्थाबारे धेरै परीक्षणहरू भइरहेको र रिपोर्टहरू पर्खिरहेको बताइएको छ। उनको परिवार वा टोलीबाट थप जानकारी सार्वजनिक गरिएको छैन। 

अस्पताल पुर्‍याएलगत्तै डाक्टरको सल्लाहमा गोविन्दालाई औषधि दिइएको थियो र बिहान १ बजे आकस्मिक कक्षमा भर्ना गरिएको थियो। 

Laxmi bank
Laxmi bank

इन्डिया टुडेका अनुसार, ६१ वर्षीय गोविन्दाले आफूलाई असहज महसुस गरिरहेका थिए। सबै परीक्षणहरू सकिए पनि न्यूरो विशेषज्ञको सल्लाह पर्खिरहेको बताइएको छ। उनको अवस्था हाल स्थिर रहेको जनाइएको छ।





Read More