― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

आगामी मंसिर २६ गते नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। 

जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना डिजिटलले ‘पीआर’ को प्रदर्शन अधिकार खरिद गरेको हो।

निर्देशक शोभित बस्नेतका अनुसार, जापानका लागि फिल्म राम्रो रकममा बिक्री भएको छ। उनले अन्य देशका वितरकहरूसँग पनि छलफल भइरहेको जानकारी दिए। 

निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो राम्रो देखिएको छ।

उनी फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको बताउँछन्। 

हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ। 

फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु , कृष्ण थापा,र नवीन घायललगायत कलाकारहरूको अभिनय छ। रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्। 

Laxmi bank
Laxmi bank

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। 

गणेश बुढाथोकीको लेखन तथा बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। नेपालमा वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।





Read More