― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ रिलिज भएका हुन्।

हलहरूले दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘जारी २’ लाई उच्च शो दिएका छन्। फिल्मको हाइप र दर्शकीय अपेक्षाअनुसार यसले राम्रो शो पाएको हो। ‘मन बिनाको धन’ ले भने तुलनात्मक रूपमा कम शो पाएको छ।

‘जारी २’ २०८० सालमा रिलिज सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल हो। यसमा दयाहाङ र मिरूनासहित विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ।

त्यस्तै, ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीले शीर्ष भूमिका निर्वाह गरेको फिल्म हो। यसमा अशोकसहित सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङलगायतको अभिनय छ।

हलमा यसअघि रिलिज ‘परान’, ‘जेरी अन टप’ लगायतका फिल्महरू पनि प्रदर्शनरत छन्।

 

Laxmi bank
Laxmi bank
Ncell

Ncell





Read More