― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

लोकप्रिय हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ गत साता प्रसारणमा आएन।

हरेक शुक्रबार दर्शकमाझ आउने यो कार्यक्रमको नयाँ एपिसोडको सट्टा पुराना एपिसोडका रमाइला अंशहरू समावेश गरी प्रसारण गरिएको थियो। यसले गर्दा नयाँ एपिसोड कुरेर बसेका दर्शकहरू निराश बने।

युट्युबमा कतिपय दर्शकले नयाँ एपिसोडको अपेक्षामा झुक्याइएको भन्दै प्रतिक्रिया दिएका छन्। 

कार्यक्रम प्रसारण रोकिनुको मुख्य कारण ‘कमेडी दरबार’ टिमले यतिबेला फिल्म ‘ककाकिकी’ को निर्माण गरिरहेको छ। पर्वत जिल्लामा भइरहेको फिल्मको छायांकनका कारण टिम व्यस्त थियो।

फिल्म छायांकनमा जानुअघि केही एपिसोडहरू स्टकमा खिचिएका थिए। तर, छायांकनको अवधि लम्बिएपछि र तयार एपिसोडहरू सकिएपछि गत शुक्रबार नयाँ एपिसोड ल्याउन नसकेको हो। 

‘कमेडी दरबार’ टिमले सामाजिक सञ्जालमार्फत केही परिस्थितिका कारण नयाँ एपिसोड ल्याउन नसकेको जानकारी गराएको छ।

टिमका अनुसार, अब आउँदो शुक्रबारदेखि भने नयाँ एपिसोड प्रसारण हुनेछ।

‘कमेडी दरबार’ टिम फिल्मको पर्वतको छायांकन तालिका सकेर काठमाडौं फर्किसकेको छ। फिल्मको बाँकी छायांकन अब काठमाडौंमै गरिनेछ। ‘कमेडी दरबार’ कै निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईँले यस फिल्मको निर्देशनको जिम्मा सम्हालेका छन्।

Laxmi bank
Laxmi bank

 

 





Read More