― Advertisement ―

यो $40 जीवनभर VPN सम्झौताको साथ प्रयोगकर्ता नाम भन्दा बाहिर आफ्नो WhatsApp सन्देशहरू सुरक्षित गर्नुहोस्

WhatsApp ले अन्ततः आफ्नो प्रयोगकर्तानामहरू रोल आउट गर्न थालेको छ — जो आफ्नो प्रयोगकर्ताहरूका लागि सुपरप्राइज गर्न चाहन्छन् फोन नम्बरहरू। तर नयाँ प्रकार्यले तपाईंको...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।

निर्माण पक्षले आइतबार सान्भी इन्टरटेनमेन्ट युट्युबबबाट रिलिज गरेको उक्त गीतमा फिल्मका कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला-बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। रामजी लामिछानेले भिडिओको कोरियोग्राफी गरेका हुन्। 

यो गीतमा टेक बिसी र प्रीति घिमिरेको स्वर छ। गीतको शब्द र संगीत भिम बी.सी.को हो।

सलोन-सलिना फिल्म्सको ब्यानरमा बनेको ‘पीआर’ मा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की लगायत छन्। 

प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा फिल्म आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको छ। 

फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्।

सौरभ सायमी र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको लेखन गणेश बुढाथोकीले गरेका छन्।

Laxmi bank
Laxmi bank

आगामी मंसिर २६ गते रिलिज हुन लागेको ‘पीआर’ लाई स्वदेशमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

 





Read More