― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘मायाले रूवायो’ युट्युबमा सार्वजनिक भएको छ।

कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको यो गीत निर्माणपक्षले बुधबार बेलुका सार्वजनिक गरेको हो।

स्याड भर्सनको गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ। शब्द तथा संगीत प्रशान्त शिवाकोटीको हो। 

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ। प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ। सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन सक्छ। भिडिओमा फिल्मका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ। 

यही फिल्मको अर्को  गीत ‘न्यौली बनैमा’ स्रोता तथा दर्शकले रूचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ।

फिल्म ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ। 

फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।





Read More