― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

कार्म, परीक्षा लिम्बु लगायतका कलाकारहरूको अभिनय रहने गरी नयाँ नेपाली फिल्म ‘हिमालयन गोल्ड’ निर्माण गरिने भएको छ। छायाँलय फिल्म्सले मंगलबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गर्दै यसको औपचारिक घोषणा गरेको हो।

ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा बन्ने यस फिल्मको छायांकन आगामी नोभेम्बरबाट सुरू हुनेछ। 

हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा कार्म र परीक्षाका साथै सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायतका कलाकारहरूको अभिनय रहनेछ। फिल्मले जीवन, साहस र आशाको मर्मस्पर्शी कथा प्रस्तुत गर्नेछ।

सन् १९९२ को पृष्ठभूमिमा तयार हुने यो फिल्मले एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपरेपछि सुरू हुने संघर्षको कथालाई पर्दामा उतार्नेछ। यार्सागुम्बालाई यसको औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’ का रूपमा चिनिन्छ। निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा हिमालय क्षेत्रलाई केवल दृश्य पृष्ठभूमि नभई एक जीवित पात्रका रूपमा चित्रण गरिने उल्लेख छ।

Laxmi bank
Laxmi bank

फिल्ममा लेखन तथा निर्देशनको जिम्मेवारी धिराज राजवंशीले सम्हालेका छन्। लस एन्जलस फिल्म स्कूलका स्नातक राजवंशीको यो पहिलो फिचर फिल्म निर्देशन हो। छायाँलय फिल्म्सले नयाँ दृष्टिकोण र साहसिक सोचका कारण उनलाई निर्देशनको जिम्मेवारी सुम्पिएको जनाएको छ।

फिल्मको छायांकन मुम्बईमा ‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता सिनेमामा काम गरिसकेका चर्चित छायाँकार वशिष्ठ प्रधानले गर्नेछन्। उनले हिमालयको भव्यता र मानवीय संवेदनशीलता दुवैलाई एकैपटक पर्दामा उतार्ने तयारी गरेका छन्।

छायाँलय फिल्म्सले अर्थपूर्ण र मनोरञ्जनात्मक दुवै पक्ष समेटेर यस फिल्ममार्फत देशको कथा र सौन्दर्यलाई विश्वसामु पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार ‘हिमालयन गोल्ड’ नेपाली माटोमा रोपिएको तर विश्वस्तरीय दृष्टिकोणमा सुनिने कथा बन्नेछ।

फिल्मका लेखक-निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’ लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताएका छन्। उनले भने, ‘यो फिल्ममार्फत हामी विश्वभरका दर्शकलाई यहाँका मानिस, भूपरिवेश र आत्माको सौन्दर्यबाट नेपालको मुटुको धड्कन महसुस गराउन चाहन्छौं।’





Read More