― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा कलाकारहरू र फिल्मको टिमको उपस्थितिमा सार्वजनिक ट्रेलर मर्मस्पर्शी लाग्छ। ट्रेलरको केन्द्रमा अशोक छन्। कुनै समय बाटोमा गाउँदै हिँडने अशोकको जीवनमा कसरी परिवर्तन आयो भन्ने प्रेरक कथा फिल्मले भन्ने ट्रेलरले बताउँछ।

शिक्षाको महत्वदेखि गरिबी, वैदेशिक यात्राको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। सार्वजनिक ट्रेलर साहिल खानले तयार पारेका हुन्। 

समग्रमा फिल्मले सामाजिक कथा प्रस्तुत गर्नेछ। टंक बुढाथोकीको कथा तथा निर्देशनमा बनेको फिल्ममा अशोकसहित सरोज खनाल, भोलाराज सावकोटा, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, एआर बुढाथोकी, पार्वती अधिकारी, बिना राउत, रमेश बुढाथोकी, प्रियंका झालगायत कलाकारहरूको अभिनय छ।

शिवम अधिकारीको पटकथा रहेको फिल्ममा संवाद शिवम अधिकारी र टंक बुढाथोकीले लेखेका हुन्। विष्णुमाया मैनाली निर्माता रहेको फिल्म प्रदर्शन तयारीमा छ।

Laxmi bank
Laxmi bank

यही कात्तिक २१ गते ‘मन बिनाको धन’ रिलिज हुनेछ। यसको ट्रेलर टंक बुढाथोकीको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १३:५०






Read More