― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


आयुष्मान खुराना र रश्मिका मन्दना अभिनीत हरर–कमेडी फिल्म ‘थामा’ ले भारतीय बक्स अफिसमा ७ दिनमा ९४ करोड भारू नेट कमाइ गरेको छ।

फिल्मले प्रदर्शनको पहिलो सोमबार मात्र ४ करोड रूपैयाँ कमाएको छ। यो फिल्म गत मंगलबारदेखि प्रदर्शनमा आएको थियो।

फिल्मले पहिलो दिन २३ करोड, बुधबार १८ करोड, बिहीबार १२ करोड, शुक्रबार ९.५० करोड, शनिबार १३ करोड र आइतबार १४.५० करोड भारू कमाएको थियो। 

आदित्य सरपोतदार निर्देशित यो फिल्ममा नवाजुद्दीन सिद्दीकी, परेश रावललगायतको पनि मुख्य अभिनय छ। 

अहिलेसम्मको कमाई फिल्मको लागत र कलाकारका लागि राम्रो मानिए पनि, फ्रेन्चाइजको मूल्य र चाडपर्वमा रिलिज भएको हिसाबले अझ राम्रो हुन सक्थ्यो। यो हरर–कमेडी युनिभर्सको अघिल्लो फिल्म ‘स्त्री २’ ले ६०० करोडभन्दा बढी कमाएको थियो भने ‘मुन्ज्या’ ले १०० करोड कमाएको थियो। यस युनिभर्सको पहिलो फिल्म ‘स्त्री’ ले भारतमा १२४ करोड रूपैयाँ नेट कमाएको थियो।

‘थामा’ ले चाँडै नै ‘मुन्ज्या’ को लाइफटाइम कलेक्सनलाई पछि पार्ने अनुमान गरिएको छ। फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनमा छ।





Read More