― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsसुरु भयो प्रतिनिधिको नाम दर्ता – KhabarHost

सुरु भयो प्रतिनिधिको नाम दर्ता – KhabarHost



२७ पुस, काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ ।

बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भए पनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ ।

नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।

महाधिवेशन सोमबारसम्म चल्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More