― Advertisement ―

AdGuard को Windows VPN अपग्रेडले सबैका लागि उपयोगितालाई प्राथमिकता दिन्छ

AdGuard समर्थन v2dspan expan expan Windowsसेटिङहरू, DNS कन्फिगरेसन, र समर्थनहरू अब पूर्ण रूपमा पहुँचयोग्य छन्अद्यावधिकले AdGuard को Windows एपलाई सबै प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य बनाउँछAdGuard...
Homeराष्ट्रिय समाचारसुरक्षित र समयमै निर्वाचन हुनेमा अर्यालको विश्वास - KhabarHost - Nepal's No.1...

सुरक्षित र समयमै निर्वाचन हुनेमा अर्यालको विश्वास – KhabarHost – Nepal’s No.1 English Daily Newspaper


काठमाडौं, फागुन १९

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी चैत २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आवश्यक सबै सुरक्षा व्यवस्था पूरा भएको बताउँदै मतदातालाई आग्रह गर्नुभएको छ ।

केन्द्रीय सुरक्षा समितिको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले निर्वाचन चुस्त र सुरक्षित वातावरणमा सम्पन्न हुने बताए । उनले सबै सरोकारवालाको सहयोग र समन्वयमा तोकिएको मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरे।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीले गृहमन्त्रीलाई समग्र सुरक्षा तयारीका बारेमा जानकारी दिँदै जिल्लागत सुरक्षा रणनीतिलाई चरणबद्ध रुपमा कार्यान्वयन गरिने बताए ।

गृहमन्त्री सचिवालयका अनुसार केन्द्रीय सुरक्षा रणनीति कार्यान्वयन र चैत २१ गते हुने निर्वाचनको समग्र तयारीका विषयमा छलफल भएको थियो।

सो अवसरमा मन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका सदस्य, प्रमुख सचिव, ७ वटै प्रदेशका प्रमुख सचिव र ७ वटै जिल्लाका प्रमुखहरुसँग निर्वाचनको तयारी र जिल्लास्तरीय सुरक्षा रणनीतिको समीक्षा गर्नुभएको थियो ।



थप पढ्नुहोस्