― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsसुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल- अब सडकमा होइन, संवादमा लागौं

सुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल- अब सडकमा होइन, संवादमा लागौं



८ कात्तिक, काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न अपिल गरेको छ ।

शनिबार बिहान सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टा वार्ता भएको थियो । पछिल्लो परिस्थिति र आगामी निर्वाचनको सुरक्षा लगायतका विषयमा छलफल केन्द्रीत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले संवादमार्फत राजनीतिक दलहरूको माग सुनुवाइ सरकारले गर्ने प्रतिबद्धता जनाए । उनको भनाइमा, अब सडक प्रर्दशन आवश्यक पनि छैन ।

‘अब सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ । सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन् हुनुपनि भएन,’ गृहमन्त्री अर्यालले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु पनि भएन । निजी सम्पतीमा क्षति पुर्‍याउनु पनि भएन । कहीँकतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ ।’

आजको छलफलमा मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्री अर्यालको भनाइ छ ।

‘खासगरी सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरु बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभूति दिने कुरामा नै केन्द्रित छौं,’ उनले भनेका छन्, ‘आज विषयवस्तुको सुक्ष्म विश्लेषण भयो । र खास गरेर सडक प्रर्दशनसँग सम्बन्धित विषयवस्तुहरू र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौं ।’

उनले दलहरूलाई संवादका लागि अपिल गरिएको बताए ।

‘जसका पनि राजनीतिक मागहरू छन भने सरकारले संवादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब संवादमा इन्गेज हुनुपर्‍यो । किनभने अब सडकमा जाने पनि सरकारलाई सम्वादको लागि अपिल गरेको हो,’ उनले भनेका छन् ।

सरकार तत्कालका लागि संवादकै नीति अनुसार अघि बढ्ने पनि उनले जानकारी गराए ।

‘यो कुराको सम्झदारी हामी विभन्नि राजनीतिक दलहरू जो आन्दोलनकारी हुनुहुन्छ । उहाँहरूसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन् । त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो,’ गृहमन्त्री अर्यालले भने, ‘भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ । त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुपर्‍यो । राजनीतिक संस्कार पनि हुनुपर्‍यो ।’

सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै आएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More