― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsसुनिल शर्मा – KhabarHost

सुनिल शर्मा – KhabarHost



४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।

उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने बताए ।

पार्टीका शीर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहका नेताहरूमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने उनको भनाइ छ ।

‘सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ । महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जाँदिन ।’

उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरूले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको बताए ।





Read More