― Advertisement ―

HomeLatest newsसुनिल शर्मा – KhabarHost

सुनिल शर्मा – KhabarHost



२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा सञ्चाकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरूको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए ।

उनले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताए । महाधिवेशनले राम्रो निकास दिने उनको विश्वास छ ।

उनले भने, ‘वास्तवमा शेरबहादुर दाइहरूले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरूको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रूपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’

नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताए ।





Read More