― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsसुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट (तस्वीर)

सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट (तस्वीर)


राष्ट्रिय

समाचार.

  • गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन्।
  • यी दुईजनाबीच शनिबार काठमाडौंमा विवाह हुँदैछ।
  • सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् र राजेश निर्माण व्यवसायी तथा इन्जिनियर हुन्।

काठमाडौं । गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले यसबारेका फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यी दुईजनाबीच शनिबार काठमाडौंमा विवाह हुँदैछ ।

इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस् । सुन्दर पलहरू ।’

इन्गेजमेन्ट पहिरनमा दुवैजना आकर्षक देखिएका छन् । औंठी साटासाट गर्दै गरेको फोटोमा उनीहरू दुवैजना हर्षित पनि छन् ।

सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् । रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।





Read More