― Advertisement ―

तपाईंको बायोडाटा मेशिनहरू द्वारा अस्वीकार हुँदैछ, र स-साना शब्द विकल्पहरूले चुपचाप कसलाई देख्ने र को गायब हुन्छ भन्ने निर्णय गर्दैछ।

सर्वाधिक AI प्रणाली द्वारा पुन: समिक्षा गरिनु अघि मानव फाइलहरू हुन्छएआई स्क्रिनिङले अनुभव र क्षमतामा कुञ्जी शब्दहरूलाई प्राथमिकता दिन्छसानो शब्द भिन्नताहरूले पुन: सुरुवात अस्वीकार...
HomeLatest newsसुनचाँदीको भाउ घट्यो – KhabarHost

सुनचाँदीको भाउ घट्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको बताएको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँ घटेर ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ।
  • असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार र बुधबार चाँदीको भाउ ३ हजार ६५५ रुपैयाँ पुगेर रेकर्ड कायम भएको छ।

१९ मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।

यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More