राष्ट्रिय
समाचार.
- नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा झडप भएको छ।
- झडप बाराको मुख्य बजारमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको हो।
- जिल्ला प्रशासन कार्यालयले तनाव बढेपछि कर्फ्यु आदेश जारी गरेको छ।
३ कात्तिक, बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।
बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
(तस्वीरहरू : सुनील गाउँले)








