― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsसिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार



२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले मातहतको संरचनाबाट सिफारिस नभएका तीन जनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन जना भने तल्लो तहबाट सिफारिस नभई केन्द्रबाट तोकिएको थियो । गीता देवकोटा, धमेन्द्र पासवान र जगत तिमिल्सिनाको नाम तल्लो तहबाट सिफारिस नआएको कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।

देवकोटा नेता डा.शेखर कोइराला पक्षबाट उम्मेदवार बनेकी छन् । पासवान संस्थापन पक्षका हुन् । उनलाई सहमहामन्त्री महेन्द्र यादवको जोडबलमा उम्मेदवार बनाइएको कांग्रेस स्रोतले जानकारी दियो । कांग्रेसनिकट प्राध्यापक संघमा आवद्ध तिमिल्सना संस्थापन पक्षका हुन् ।

चयन भएको उम्मेदवारमा जनजातिबाट एक जना पनि नपरेकोप्रति महामन्त्री गगन थापाले असहमति राखेका छन् । उम्मेदवारको टुंगो लागेसँगै पत्रकारसँग कुरा गर्दै महामन्त्री नेताहरूले भागवण्डा गरेको भन्दै आपत्ति जनाएका थिए ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More