― Advertisement ―

Meet Kali365 – ‘साइबर क्राइमको अमेजन’ जहाँ ह्याकरहरूले बहु-कारक प्रमाणीकरणलाई पूर्ण रूपमा रोक्न AI प्रयोग गर्छन्।

कलिइसिङ-सर्भिस-प्लेटफर्म पनि सोहीअनुसारको छ। Octopi365 र Freedom365 को रूपमा चिनिन्छ, जसले Microsoft खाताहरूलाई लक्षित गर्दछयो पहिलो पटक मे 2026 मा सुरक्षा फर्म हनट्रेसले चीनबाट सुरु...
HomeLatest newsसिन्धुलीमा कुलपूजामा जाँदै गरेको गाडी दुर्घटना, २१ जना घाइते

सिन्धुलीमा कुलपूजामा जाँदै गरेको गाडी दुर्घटना, २१ जना घाइते



२२ माघ, काभ्रे । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ स्थित खहरे गाउँको शहीदगेट-अमारे भित्री सडक खण्डमा गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

कुलपूजाका लागि अमारेबाट गाउँखर्कतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ८५०० नम्बरको बोलेरो गाडी बिहीबार साँझ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनाका क्रममा गाडीमा सवार सबै यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि खुर्कोटको खाल्टेस्थित आत्मीय अस्पताल र केही घाइते धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलको कमाण्डमा टोली र प्रहरी चौकी रातामाटाबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमल्सिनाको नेतृत्वमा ४ जनाको टोली खटिएको थियो ।

प्रहरीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेको सवारी साधन घटनास्थलमै छ ।





Read More