― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsसिड्नी सिक्सर्स बिग ब्यास लिगको फाइनलमा – KhabarHost

सिड्नी सिक्सर्स बिग ब्यास लिगको फाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिड्नी सिक्सर्सले होबार्ट हरिकेन्सलाई ५७ रनले हराउँदै अस्ट्रेलियन बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ।
  • सिड्नीले दिएको १९९ रनको लक्ष्य पछ्याएको होबार्ट १४१ रनमा अलआउट भयो।
  • आइतबार सिड्नी सिक्सर्स र पर्थ स्कोर्चर्सबीच फाइनल खेल हुनेछ।

९ माघ, काठमाडौं । सिड्नी सिक्सर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको च्यालेन्जर खेलमा होबार्ट हरिकेन्सलाई ५७ रनले हराउँदै सिड्नीले पर्थ स्कोर्चर्ससँगको फाइनल भेट पक्का गरेको हो ।

सिड्नीले दिएको १९९ रनको लक्ष्य पछ्याएको होबार्ट १७.२ ओभरमा १४१ रनमा अलआउट भयो । कप्तान बेन म्याक्डरमोटले सर्वाधिक ४० रन बनाए । बिउ वेबस्टरले २४ रन बनाए ।

सिड्नीका लागि बेन ड्वारशुइसले ३ विकेट लिए । मिचेल स्टार्क, जोएल डेभिस र शन एबटले २-२ विकेट लिँदा ज्याक एडवार्ड्सले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

स्टिभ स्मिथले सर्वाधिक ६५ रन बनाए । जोएल डेभिसले १२ बलमा २७ रन बनाए । होबार्टका राइली मेरेडिथले ३ विकेट लिए । बिली स्टानलेक र रिशाद होसेनले २-२ विकेट लिए ।

यसअघि भएको क्‍वालिफायरमा सिड्नीलाई नै हराएर पर्थ फाइनल पुगिसकेको छ । यिनै टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More