राष्ट्रिय
समाचार.
- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने निर्णय गरेको छ।
- कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ र १ अर्ब रुपैयाँ बराबर लाभांश वितरण हुने छ।
- लाभांश आगामी साधारणसभाबाट र बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।
२४ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । यसको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबर नगद लाभांश लगानीकर्ताले पाउने छन् ।
प्रतिकित्ता २० रुपैयाँका दरले लाभांश पाउने छन् । घोषित लाभांश आगामी साधारणासभाबाट स्वीकृत भएपश्चात तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

