― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
Homeखेलकुद़़सिंगापुरविरुद्ध ऐतिहासिक जित, लाओससँग पहिलो हार – KhabarHost

सिंगापुरविरुद्ध ऐतिहासिक जित, लाओससँग पहिलो हार – KhabarHost


पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनापछि राजीनामा दिएका छन्।
  • रोसको कार्यकालमा नेपालले ७ अन्तर्राष्ट्रिय खेल खेलेको थियो जसमा १ जित, २ बराबरी र ४ हार रहेको छ ।
  • रोसले केही युवा खेलाडीलाई अवसर दिएका थिए तर नियमित घरेलु लिग नहुँदा खेलाडी छनोटमा समस्या भएको थियो ।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनापछि नै आफ्नो पदबाट राजीनामा दिएका छन् । गत वर्ष फागुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले ४ महिना सम्झौता बाँकी छँदै राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासिचव किरण राईले रोसले राजीनामा बुझाएको पुष्टि गरे । ‘उहाँले केही दिनअघि राजीनामा बुझाउनुभएको हो । अब एन्फाले नयाँ प्रशिक्षक नियुक्तको प्रक्रिया अघि बढाउँछ’ महासचिव राईले अनलाइनखबरसँग भने ।

पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका हुन् ।

कार्यकाल ८ महिना

एन्फा ९ महिना प्रशिक्षकविहिनताको अवस्थाको टुङ्ग्याउँदै २०९१ फागुन १८ गते म्याट रोसलाई नेपाली पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यस बेला एन्फाले उनलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको हो ।

तर रोसले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । उनले ८ महिनामा राजीननामा दिँदै नेपाल बसाई टुङ्ग्याउने निर्णय गरे ।

एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको दुई खेल खेलेर फर्केपछि नै रोस पद छाड्ने निर्णयमा पुगेका थिए ।

७ अन्तर्राष्ट्रिय खेल

रोसको प्रशिक्षणमा नेपालले यो अवधिमा जम्मा ७ खेल खेल्यो । त्यसमा चार खेल एएफसी एसियन कप छनोट (तेस्रो चरण) मा र तीन खेल मैत्रीपूर्ण खेल थियो ।

त्यसमा नेपालले कूल ६ राष्ट्रसँग खेल्यो । एसियन कप छनोट अन्तर्गत नेपालले मलेसिया र लाओससँग १-१ तथा भियतनाम विरुद्ध २ खेल खेलेको थियो ।

यस्तै सिंगापुर, हङकङ र बंगलादेश गरी तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलेको थियो । रोस प्रशिक्षक रहँदा नेपालले सिंगापुरसँग ३६ वर्षपछिहङकङसँग ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

१ जित

म्याट रोस प्रशिक्षक रहँदा नेपालले जम्माजम्मी एक खेल मात्रै जित्यो । प्रदर्शनका हिसाबले उनको कार्यकाल निराशाजनक नै रह्यो ।

यस्तै २ खेल बराबरी गर्दा ४ खेलमा नेपाल पराजित भयो । नेपालले आधा भन्दा बढी खेलमा हार बेहोर्‍यो ।

रोसको प्रशिक्षणमा नेपालले जितेको एक मात्र खेल सिंगापुर विरुद्ध रह्यो । त्यो पनि उनको डेब्यू खेल थियो । रोस आएपछि नेपालले खेलेको पहिलो खेलमा सिंगापुरलाई १-० ले हराएको थियो । जुन नेपालका लागि ऐतिहासिक नतिजा थियो । नेपालले पहिलो पटक सिंगापुरलाई हराएको थियो ।

तर त्यसपछिका ६ खेलमा भने नेपाल जितविहिन रह्यो ।

रोसको दोस्रो खेलमा एसियन कप छनोटमा मलेसियासँग २-० ले पराजित भयो । त्यसपछि फेरि हङकङ विरुद्ध मेत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेल्दै नेपालले राम्रो नतिजा निकाल्यो ।

तर त्यसपछि भने नेपालले लाओससँग एसियन कप छनोटमा हार बेहोर्‍यो । अहिलेसम्म लाओसमाथि हावी रहँदै अपराजित रहेको नेपाल रोसकै कार्यकालमा पहिलो पटक पराजित भयो । जुन नेपालका लागि निराशाजनक नतिजा रह्यो । यस्तै त्यसपछि बंलादेशसँग घरेलु मैदानमा खेलिएको मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । यो अर्को बराबरी नतिजा रह्यो ।

यस्तै एसियन कप छनोटमै नेपालले भियतनाम विरुद्ध पछिल्लो दुई खेल खेल्दा दुवैमा पराजित भयो । पहिलो खेलमा ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा १-० ले पराजित भयो ।

घरेलु मैदानमा जम्मा १ खेल

म्याट रोसको कार्यकालमा नेपालले जम्मा एक खेल मात्र घरेलु मैदानमा खेल्न पायो । त्यो थियो बंगलादेश विरुद्धको मेत्रीपुर्ण खेल । एसियन कप छनोट अन्तर्गत भियतनाम विरुद्ध खेल्नुअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो ।

पहिलो खेल गोलरहित बराबरीमा सकियो । तर जेनजी आन्दोलनको प्रभावले गर्दा दोस्रो मैत्रीपूर्ण खेल हुन सकेन ।

यसबाहेक नेपालले घरेलु मैदानमा खेल्ने एसियन कप छनोटका खेलहरू आफ्नै मैदानमा खेल्न पाएन ।

दशरथ रंगशालमा पिफा र एएफसीको छनोट खेल खेलाउन अयोग्य भएपछि नेपालले होम म्याच पनि विदेशमै खेल्न बाध्य भएको थियो ।

युवा खेलाडीलाई अवसर, लिग नहुँदा खेलाडी पाएनन्

म्याट रोसको प्रशिक्षण कार्यकालमा केही युवा खेलाडीले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए । उनले केही नयाँ खेलाडीलाई पनि राष्ट्रिय टिममा स्थान दिए । तर सबैले डेब्यु गर्न भने पाएनन् ।

यस्तै नियमित घरेलु लिग नहुँदा खेलाडी छनोट गर्नमै उनलाई समस्या थियो । जसले गर्दा नकआउट प्रतियोगिता, अरुको सुझाव र प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा उनले खेलाडी छान्ने गरेका थिए ।

सिंगापुर र मलेसिया विरुद्ध खेल्न पहिलो भ्रमणमा जाँदा उनले तीन नयाँ खेलाडी टिममा समावेश गरेका थिए । जसमा डिफेण्डर सुमन श्रेष्ठ, फरवार्ड सुबास बम र गोलकिपर अन्जल श्रेष्ठ थिए ।

त्यसमा सुमन श्रेष्ठ र सुबास बमले सिनियर टिमबाट डेब्युको अवसर पाएन । तर अन्जलले भने खेल्न पाएनन् । उनी राष्ट्रिय टिममा समेत निरन्तर रहन सकेनन् ।

सुमन श्रेष्ठले सिंगापुर विरुद्ध पहिलो रोजाईँमै डेब्यु गर्ने अवसर पाए । यस्तै सुवास बमले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै सिंगापुर विरुद्ध डेब्यु गरे ।

यस्तै कृतिश रत्न छुन्जुले एसियन कप छनोटमा लाओस विरुद्ध डेब्यु गर्ने अवसर पाए । यस्तै एसियन कप छनोटमै भियतनाम विरुद्ध युवा मिडफिल्डर कुशल देउवाले डेब्यु गरे ।

म्याट रोसले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि आदित्य शाक्य र अमित लामालाई पहिलो पटक सिनियर टिममा समावेश गरेका थिए । तर दुवैले खेल्न भने पाएनन् ।

राष्ट्रिय टिम र पुटबल विकासको मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिग नियमित नहुँदा रोससामू खेलाडी छनोटमा विकल्प पनि थिए । जसले गर्दा भियतनाम विरुद्धको पछिल्लो दुई खेलमा उनले पुरानै खेलाडीहरू समावेश गर्दै टिम चयन गरेका थिए ।

साफ च्याम्पियन बन्ने लक्ष्य, प्रतियोगिता नै भएन

म्याट रोसले गन फागुनमा नेपाली फुटबल टिमको नेतृत्व सम्हाल्ने क्रममा विभिन्न लक्ष्य सुनाएका थिए ।

उनले आफू नेपाली फुटबलको बारेमा जानकार रहेको पनि बताएका थिए । त्यस क्रममा उनले वरियता सुधार गर्दे देखि सिनियर लेभलमा साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको सुनाएका थिए ।

नेपालमा आउने हरेक प्रशिक्षकले साफ च्याम्पियन बन्ने ने लक्ष्य राख्ने गर्छन् । किनभने नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । फाइनल पुग्नु ने नेपालको ठुलो उपलब्धि रहेको छ ।

रोसले पनि त्यही लक्ष्य राखेका थिए । तर यसै वर्ष तय भएको साफ च्याम्पियनसिप आयोजना नै भएन । जसले गर्दा साफ खेल्दै च्याम्पियन बन्ने रोसको लक्ष्य पुरा हुन सकेन ।

२०२५ जुनमा साफ च्याम्पियनसिप गर्ने तय थियो । तर साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले प्रतियोगितालाई होम अर अवे पर्म्याटमा गर्ने तयारी भइरहेको भन्दै २०२५ अप्रिलमा साफ स्थगित गर्ने र २०२६ का लागि सारेको जनाएको थियो ।





Read More