― Advertisement ―

HomeLatest newsसाहस ऊर्जाको प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ, नाफा बढ्यो

साहस ऊर्जाको प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ, नाफा बढ्यो


राष्ट्रिय

समाचार.

  • साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको खुद नाफा २३.६ प्रतिशतले वृद्धि भई गत वर्षको ४० करोड २ लाख रुपैयाँबाट बढेको छ।
  • विद्युत् बिक्री आम्दानी ९२ करोड ४६ लाख र वित्तीय लागत १६ करोड ७९ लाख रुपैयाँ रहेको छ।

२७ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिमा कम्पनीले ४९ करोड ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको खुद नाफा समीक्षा अवधिमा २३.६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बजारमा सूचीकृत जलविद्युत् कम्पनीमध्ये साहस ऊर्जाले अब्बल वित्तीय विवरण निकालेको छ ।

विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी पहिले ८६ करोड ७१ लाख रुपैयाँ रहेकोमा अहिले ९२ करोड ४६ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पनि घटेको छ ।

वित्तीय लागत पहिले २३ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड ७९ लाख रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दा सबै हाइड्रोपावरको वित्तीय लागत घटेको छ ।

साहस ऊर्जाको वार्षिक प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ६६४.२० रुपैयाँ छ । कम्पनीले ८६ मेगावाट क्षमताको दूधकोशी आयोजना सञ्चालन गरिरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More