― Advertisement ―

ब्ल्याक सेल्सले यस हप्ता नेटफ्लिक्स छोड्दै छ – तर तपाईले सबै समयको सबैभन्दा ठूलो पाइरेट टिभी शो नि:शुल्क स्ट्रिम गर्न सक्नुहुन्छ।

मलाई डर छ कि म नराम्रो खबर लिएर आउछु — टोबी स्टीफन्स अभिनीत हिट पाइरेट टिभी शृंखला ब्ल्याक सेल्स, छोड्दै छ अप्रिलमा 17.सबै चार...
HomeLatest newsसामसङ नेपालको वार्म विन्टर अफर, वासिङ मेसिन र रेफ्रिजेरेटरमा छुट

सामसङ नेपालको वार्म विन्टर अफर, वासिङ मेसिन र रेफ्रिजेरेटरमा छुट


राष्ट्रिय

समाचार.

  • सामसङ नेपालले नोभेम्बर २१ देखि जनवरी १४ सम्म वार्म विन्टर अफर घोषणा गरेको छ।
  • अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरमा अधिकतम २३ प्रतिशत क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध छ।
  • सामसङले वासिङ मेसिन र रेफ्रिजेरेटरमा २० वर्षको वारेन्टी र निःशुल्क जडान सुविधा उपलब्ध गराएको छ।

७ मंसिर, काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म विन्टर अफर घोषणा गरेको छ ।

यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागु भएको छ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

ग्राहकले ७ देखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर फ्रन्ट लोड एफएटीएल र एसएटीएल वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक पाउन सक्ने सामसङले जनाएको छ । ‘त्यसैगरी, सिंगल डोर डबल डोर र साइड बाइ साइड सामसङ रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ’ कम्पनीले भनेको छ ।

सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी मार्फत सुनिश्चित गर्नुका साथै सबै मोडेलमा निःशुल्क जडान सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।





Read More