― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsसानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स


राष्ट्रिय

समाचार.

  • नेपालका सानो भाई पौडेलले दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् ।
  • पौडेलले लेभल टु कोर्सपछि नेपाली ट्रायथलन खेलाडीलाई थप परिस्कृत प्रशिक्षण दिने उद्देश्य लिएका छन् ।
  • लेभल टु कोर्स पूरा गरेपछि नेपालमा पौडेलसहित ६ जना प्रशिक्षक भएका छन् ।

२० कात्तिक ,काठमाडौँ । नेपालका सानो भाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् ।

दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको कोर्स प्रशिक्षक पौडेलले पूरा गरेका हुन् । यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन एथलेट्सहरुलाई पनि प्रशिक्षण दिन योग्य भएका छन् ।

‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुपै्र मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करीब छ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सहरु नेपालममा व्यवहारिकरुपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ ।’ प्रशिक्षक पौडेलले भने ।

सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा थिए ।

पौडेलले लेभल टु कोर्सपछि अब नेपाली ट्राइथलन खेलाडीहरुलाई थप परिस्कृत प्रशिक्षण दिएर उनीहरुको स्तर बढाउने उद्देश्य लिएका छन् । लेभल टु कोर्स गरेका अब नेपालमा पाैडेलसहित ६ जना भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More