― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsसात महिनामै बर्खास्त भए युभेन्ट्सका प्रशिक्ष टुडोर

सात महिनामै बर्खास्त भए युभेन्ट्सका प्रशिक्ष टुडोर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इटालियन क्लब युभेन्ट्सले सिरी ए अन्तर्गत लाजियोसँग पराजयपछि प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ।
  • टुडोर मार्चमा प्रशिक्षक बनेका थिए र सात महिनापछि खराब प्रदर्शनका कारण बर्खास्त भएका हुन्।
  • युभेन्ट्सले टुडोरलाई धन्यवाद दिएको छ र मासिमिलियानो ब्राम्बिलाले प्रशिक्षण सम्हाल्ने जानकारी दिएको छ।

११ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक इगोर टुडोर बर्खास्त गरेको छ ।

इटालियन सिरी ए अन्तर्गत गएराती लाजियोसँग १-० ले पराजित भएपछि युभेन्ट्सले टुडोरलाई बर्खास्त गरेका हुन् ।

४३ वर्षीय क्रोएसियन प्रशिक्षक टुडोर मार्चमा थियागो मोट्टाको स्थानमा य्भेन्ट्सको नयाँ प्रशिक्षक बनेका थिए । तर खराब प्रदर्शनपछि सात महिनापछि नै उनी बर्खास्तीमा परे ।

टुडोरको प्रशिक्षणमा युभेन्ट्स पछिल्लव आठ खेलमा जितविहिन छ र सिरी ए को अंक तालिकामा आठौं स्थानमा छ ।

लाजियोसँगको हार युभेन्ट्सका लागि सबैखाले प्रतियोगितामा गरी लगातार तेस्रो हार हो ।

युभेन्ट्सले स्टेटमेन्ट जारी गर्दै टुडोरलाई धन्यवाद दिएको छ र भविष्यका लागि शुभकामना पनि दिएको छ ।

सिरी ए अन्तर्गत बुधबार हुने उडीनेसीको विरुद्धको खेलका लागि युभेन्ट्सले मासिमिलियानो ब्राम्बिलाले टिमको प्रशिक्षण सम्हाल्ने युभेन्ट्सले जनाएको छ ।

युभेन्ट्स लिगमा शीर्ष स्थानको नापोली भन्दा ६ अंकले पछि छ । पछिल्लो पाँच लिग खेलमा युभेन्ट्सले जित हात पार्न सकेको छैन ।

यस्तै च्याम्पियन्स लिगमा युभेन्ट्स २५औं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More