राष्ट्रिय
समाचार.
- सांग्रिला डेभलपमेन्ट बैंकले कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीले ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने जनाएको छ।
३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

