― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsसर्वोच्चले प्रहरीमा जाहेरी दिने – KhabarHost

सर्वोच्चले प्रहरीमा जाहेरी दिने – KhabarHost



११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।

‘जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुन्छ होला,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अनलाइनखबरसँग भने, ‘हामीले यकिन गर्न नसकेकाले कसैको पनि नाम किटानी गर्न सकेका छैनौं, प्रहरीले नै अनुसन्धानबाट यकिन गरी संलग्नहरूलाई कारवाही गरोस् भन्ने हाम्रो चाहना हो ।’

आइतबारको फूलकोर्टको बैठकले सर्वोच्च सहित देशभरको अदालतमा आगजनी र क्षति गर्नेलाई कारवाहीको माग सहित कानूनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । तर जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । सम्भवत: मुख्यरजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ ।

जेन–जी आन्दोलनमा भएको दमनको भोलीपल्ट देशव्यापी रुपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीले ध्वस्त भएको थियो । करिब तीन दिनसम्मको आगोले अदालतमा विचाराधीन करिव २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका एक लाख ९७ हजार फाइल नष्ट भएका छन् ।

आगजनीले न्यायाधीश, कर्मचारीले प्रयोग गरेका ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसक्रममा सर्वोच्च अदालत परिसरमा रहेका किरव डेढ सयभन्दा बढी मोटरसाइकल जलेका छन् । त्यसक्रममा अदालतमा आएका सेवाग्राही र कानून व्यवसायीका केही गाडी र मोटरसाइकल पनि जलेको अनुमान छ ।

सर्वोच्च अदालत मात्रै नभई अरु अदालतको आगजनी र तोडफोडमा संलग्नहरूमाथि समेत कारवाहीको मागको विवरण जाहेरीमा समावेश गर्ने सर्वोच्च अदालत प्रशासनको तयारी छ । काठमाडौंमा सर्वोच्च सहित विशेष अदालत र जिल्ला अदालत काठमाडौं आगजनीका कारण क्षतिग्रस्त भएका छन् ।





Read More